विराटनगरको गुरुकुलमा महोत्सव शुरू



विराटनगर, (नेस)। अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीले यसपटक नाटक मञ्चन गर्ने भएका छन्।

समाजको ऐनाको रुपमा लिइने नाटकमा विभिन्न ९ विद्यालयका विद्यार्थीले आ–आफ्ना कथा बोल्नेछन्।

आरोहण गुरुकुल विराटनगरले विराटनगर विद्यालय नाटक महोत्सव २०७६ शुभारम्भ गरेको छ।

नाटकप्रति आकर्षित विद्यालय र विद्यार्थीलाई सहभागी गराउँदै गुरुकुलले विराटनगरमा शुक्रबारदेखि १० दिने विद्यालय नाटक महोत्सवको सुरुवात गरेको छ।

रंगमञ्चिय परम्परालाई पूर्नजिवित गराई व्यवसायिक बनाउन महत्वपूर्ण भूमिका खेल्दै अन्तर्राष्ट्रिय मञ्चमा दर्जनौ पटक नेपालको प्रतिनिधित्व गरेको संस्थाले यसपटक विराटनगर शाखाको आयोजनामा विद्यालय नाटक महोत्सव विराटनगरमा आयोजना गरेको हो।

एक औपचारिक कार्यक्रमकाबिच प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङले महोत्सवको शुभारम्भ गरे।

कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले नाटक साहित्यको विद्या रहेको जनाउँदै समाजमा भएका र व्यक्तिहरुले अनुभूत गर्ने नाटकमा देखाइने बताए।

कार्यक्रमपछि आयोजक संस्थाले सुशीला कोइराला नाटक घरमा धिरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार नाटक म–नैतिक मञ्चन गर्यो।

भदौ २९ गते सम्म विभिन्न ९ विद्यालयले नाटक मञ्चन हुनेछन्। विराटनगर महानगरपालिका भित्रका ८ र रंगेली नगरपालिकाको १ विद्यालयले नाटक मञ्चन गर्नेछन्

 

प्रतिक्रिया दिनुहोस्