विपिन सेल्फी किङ बन्दै



प्रसाद फिल्मका निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा सेल्फि किंग नामक फिल्म निर्माण गर्ने भएका छन्।

फिल्म अमेरिकाको लस एन्जलस सिटी कलेजमा फिल्म निर्देशन अध्ययन गरेका बिशाल सापकोटाले निर्देशन गर्नेछन्।

यो उनको डेब्यु निर्देशन हुनेछ।हास्य कलाकारको कथा भन्ने फिल्ममा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय गर्नेछन् भने केकी अधिकारी बिशेष भुमिकामा हुनेनिछन्।

आईतबार फिल्म निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक बिशालले एउटा हास्यकलाकारको कथालाई फिल्ममा उतार्न खोजेको बताए।

निर्देशनबाट निर्माणमा आएका दिनेश राउतले बिशालले सुनाएको कन्सेप्ट मन परेको र उसको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताए।

‘यो प्रतिभा भएर पनि प्लेटफर्म नपाएका व्यक्तिहरूका लागि ढोका खोलिएको हो’ उनको भनाई थियो।

निर्माता सुभाष थापाले यसअघि दिनेशलाई बिश्वास गरेर प्रसाद बनाएको र यसपटक पनि निर्माणमा सहकार्य गरेको बताएका छन्।

फिल्ममा बिपिनको शिर्ष भुमिका रहनेछ। बिपिन सेल्फि किंगको शिर्ष भूमिकामा देखिनेछिन्।

हास्यकलाकारको जीवनको कथा भन्ने फिल्म भएकोले कथा सुन्नासाथ काम गर्न उत्साहित भएको बताए। ‘उहाँनयाँभए पनि नयाँजस्तो लागेन।

चलचित्र बुझेको र उत्कृष्ट काम गर्न सक्ने निर्देशशका रुपमा मैले उहाँलाई पाएको छु। त्यस कारणले पनि म यो फिल्ममा काम गर्न उत्साहित छु’ विपिनको भनाई थियो।

लक्ष्मी बर्देवाले पनि आफु यसको कथा सुन्दा नै काम गर्न निकै उत्साहित भएको बताइन् भने केकी अधिकारीले आफ्नो भुमिका छोटो भएपनि बिशेष रहेको बताइन्।

बिशाल र केकीले यसअघि दिनेश राउतको डेव्यु निर्देशन रहेको फिल्म आइएम सरीमा कलाकारको रुपमा सँगै काम गरेका थिए।

निर्देशक बिशालकै लेखन रहेको फिल्ममा सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, सुसन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहनेछ।

फिल्म आज मंगलबारदेखि सुटिङ फ्लोरमा जानेछ। राजेश बिसुराल र प्रवल कोइराला यसमा सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्