स्वास्थ्य राज्यमन्त्री आफैं बिरामी जाच्न थाले !



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले जनकपुरस्थित जानकी वृद्धाश्रमका वृद्धाहरूको स्वास्थ्य चेकजाँच गर्नुभएको छ।

शनिबार बिहान ब्युटिसियन एसोसिएसन धनुषाले आश्रममा आयोजन गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादवले केही वृद्धाको स्वास्थ्य परीक्षण गर्नुभएको हो।

स्वास्थ्य जाँच गर्दै उहाँले स्वस्थ रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा वृद्धाहरूलाई सल्लाह सुझाव दिनुभयो।

वृद्धामा बढी दम रोगको सिकायत रहेको राज्यमन्त्री यादवको भनाइ छ। उहाँले आश्रमका वृद्धाहरूको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिविरमा वृद्धाहरूलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो। वृद्धाश्रममा अहिले १६ जना वृद्धा छन्। जानकी वृद्धाश्रममा सन्तान नभएको तथा सन्तानबाट पीडित वृद्धा बस्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्