नेपाल परिवार नियोजन संघलाई यूएईले दियो भिडियो एक्सरे मेसिन



नेपाल परिवार नियोजन संघको स्थापना भएको ६० वर्षमा नेपालका लागि यूएईका राजदूत शही हमदान अलिनेदीले एक थान भिडियो एक्सरे मेसिन संघलाई हस्तान्तरण गर्नुभयो।

अलिनेदीले परिवार नियोजन संघले वर्षौंदेखि प्रजनन स्वास्थ्यका विषयमा काम गर्दै आएको र आवश्यक स्वास्थ्य परीक्षणका लागि नभइनहुने भिडियो एक्सरे अहिलेसम्म नभएकाले उपलब्ध गराएको बताउँदै लेटेस मोडलको पोटेबल भिडियो एक्सरे उद्घाटन गर्नुभएको थियो।

उहाँले भिडियो एक्सरे हस्तान्तरण कार्यक्रममा नेपाल र यूएई सरकारको सुमधुर सम्बन्धले दुई देशबीच व्यापार व्यवसाय, पर्यटन, स्वास्थ्य सेवामा समेत टेवा पुग्ने बताउनुभयो।

उहाँले आगामी दिनमा पनि यस्तै सहयोग आदान–प्रदान भइरहने जनाउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राजदूतलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने बताउनुभयो।

नेपालमा धेरै संघ–संस्था भए पनि परिवार नियोजन जस्ता दीर्घजीवी संस्थाले नेपाल सरकारको स्वास्थ्य नीतिलाई सहयोग पुर्याउँदै आएको बताउनुभयो।
सरकारले परिवार नियोज संघसँग सहकार्य गर्दै आएको पनि चर्चा गर्नुभयो।

साथै संघका महानिर्देशक केपी विष्टले विश्वको सबैभन्दा ठूलो सहयोगी निकाय अमेरिकाले परिवार नियोजनका क्षेत्रमा पुर्याउँदै आएको सहयोग सन् २०१९ बाट पूर्णरूपमा कटौती गरेको र अमेरिकी नियोग तथा संघको सहकार्य स्थगित
भएको अवस्थामा यूएईले गरेको सहयोग प्रशंसनीय भएको बताउनुभयो।

कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल कसजुले अमेरिकाको सहयोग रोकिएसँगै संघ अन्यत्र आर्थिक स्रोत जुटाउन लागिपरेको र आर्थिकरूपमा कमजोर भएको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्