सरसफाइ बढाउँ, डेंगु हटाउँ

कोटेश्वरमा व्यवसायी संघद्वारा सरसफाइ



काठमाडौंमा डेंगुको समस्या बढ्दै गएपछि सरसफाइ बढाउँ, डेंगु हटाउँ भन्दै कोटेश्वरका व्यवसायीहरूको छाता संगठन कोटेश्वर व्यवसायी संघले आइतबार कोटेश्वर चोक र आसपासका क्षेत्रको सरसफाइ गर्यो।

काठमाडौं क्षेत्र नं २ का संघीय सांसद एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित संघका पदाधिकारीको सहभागितामा सो सरसफाइ कार्यक्रम भएको थियो।

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नइन्द्रविक्रम नेम्वाङ, सरसफाइ यभियान्ता केपी खनाललगायत संघका अध्यक्ष सरोज थापा, उपाध्यक्ष विकास श्रेष्ठसहित संघका २१ जना पदाधिकारी तथा ५० भन्दा बढी सदस्यको सहभागिता थियो।

टोलीले कोटेश्वर चोकस्थित प्रहरी प्रभागको हाताबाहिर रहेको नाली र थोत्रा मोटरसाइकल हटाएर ठूलो मात्रामा फोहोर संकलन गरेको थियो। स

रसफाइपछि संघले प्रभाग अगाडि १० वटा फूलसहितको गमला राख्नुका साथै प्रहरी प्रभागको उत्तरतर्फको पर्खालमा भगवान्का चित्र अंकित टायल टाँसेर फोहोर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।

फोहोरका कारण महामारीको रूपमा डेंगु फैलिन थालेपछि संघले कोटेश्वरका विभिन्न ठाउँको सरसफाइ गरेको संघका उपाध्यक्ष विकास श्रेष्ठले बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्