अवैध सुनसहित समातियो



काठमाडौं, (नेस)। अवैध रुपमा लुकाइछिपाइ ल्याएको १ केजी ४ सय ग्राम सुनसहित तनहुँ छिपछिपे नगरपालिका–७ का होमबहादुर गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेजमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको सुन बरामद गरेको हो।

साथै उक्त सुन संकलन गर्न आएका मोरङ पथरी नगरपालिका–२ बस्ने ३२ वर्षीय अनिल लुइँटेल र ३१ वर्षीय भोजराज घिमिरेलाई समेत प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्