संवैधानिक अधिकार र सुशासनसम्बन्धी महिलालाई तालिम



नेपाल समाचारपत्र, कालिकोट।निर्वाचित महिला जनप्रतिनिधि र महिला अधिकारकर्मीका लागि संघीयता, संवैधानिक अधिकार र सुशासन सम्बन्धी ३ दिने क्षमता अभिबृद्धि तालिम हालै खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ।

स्थानीय सरकारका काम कर्तव्य अधिकार, नेपालको संविधान, मौलिक हक र महिलाका अधिकार तथा सुशासनका बारेमा जानकारी गराउने उद्देश्यका साथ सञ्चलन गरिएको हो।

हेल्भेटास नेपालको आयोजना र खाँडाचक्र नगरपालिकाको समन्वयमा सञ्चालित तालिममा नागरपालिकामा निर्वाचित जनप्रतिनिधि, नागरिक समाजका महिला प्रतिनिधि, महिला अधिकारकर्मीको सहभागिता रहेको थियो।

तालिमको खाँडाचक्र नगर उपप्रमुख विजया विष्टको अध्यक्षता, नगर प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न भएको हेल्भेटास नेपालका जिल्ला संयोजक तथा सुशासनविज्ञ लेखनाथ खरेलको बताउनुभयो।

क्षमता अभिवृद्धि तालिमको उद्घाटनका गर्दै कार्यक्रमका प्रमुख अतिथि खाडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले संघीयखासमा एकदमै भीडभाड हुने भएकाले दलालले नेपालगन्ज नाकालाई जोखिमपूर्ण यात्राका लागि सहज मान्ने गर्दछन्।

सामान किन्न रुपैडिहा जानेको भीडमा छिराएर नाका पार गराउन सके दिल्ली हुँदै खाडीमुलुक पुर्याउन सकिन्थ्यो भन्ने दलालको एकसूत्रीय धारणा रहने गरेको पाइन्छ।

ता, संवैधानिक अधिकार र सुशासनसम्बन्धीको ३ दिने तालिम महत्वपूर्ण रहेकाले यस तालिममा सिकेका सबै कुराहरू सहभागीले व्यवहारमा उर्तानुपर्ने धारणा राख्नुभयो।

साथै उहाँले महिला समाजको गहना हो यो गहनाको क्षमता विकासका लागि यस नगरपालिकाले आवश्यकताअनुसार भरपुर सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो।

नगरपालिकामा रहेका महिलाको हित र क्षमता विकास सम्बन्धिका कार्यक्रमलाई प्रथामिकता दिँदै आएको बताउनुभयो।

तर मेयर पाण्डेले महिला सक्षम हुन सक्नुभएन भने घर परिवार, बालबालिका, गाउँ, समाजको विकासमा अवरोध सृजना हुने भएकाले सबैभन्दा पहिले महिला सक्षम हुनुपर्ने बताउनुभयो।

यस्तै कार्यक्रमका सभाअध्यक्ष तथा नगरपालिका उपप्रमुख विजया विष्टले सुशासन र सामाजिक रुपान्तरणका लागि महिलाहरू सक्षम हुनुपर्नेमा जोड दिनुभयो।

साथै उपप्रमुख विष्टले हामी महिलाहरू अरूलाई मात्र दोष लगाउने नभएर आफैं सक्षम भएर सुशासनका लागि लाग्नुपर्ने बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरपालिका उपप्रमुख विजया विष्टले समाजमा महिला हिंसाका थुप्रै घटनाहरू घटिरहने, महिलाहरूलाई हरेक क्षेत्रमा कम प्रतिनिधित्व गर्ने, महिला परनिर्भर मात्र छन् भनेर बुझिरहेकाले समाजसंग सुशासन, लैगिंक समानतालगायतका विषयको ज्ञान प्रदान गर्दै अगाडि बढाउन खोजिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्