पहिलोपटक स्थानीय तहमा संसदीय दल गठन



नेपाल समाचारपत्र, घोराही, दाङ। दाङमा पहिलोपटक स्थानीय तहमा संसदीय दल गठन गरिएको छ। संघ र प्रदेशमा संसदीय दल गठन गरे पनि स्थानीय तहमा संसदीय दल गठन गरेको यो पहिलोपटक हो।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) गढवाको आयोजना र जिल्ला कमिटी दाङको समन्वयमा गढवामा संसदीय दल गठन गरिएको हो।

गाउँपालिकाका २५ जना जनप्रतिनिधिहरूको भेलाले जिल्लामै पहिलो पटक देउखुुरीको गढवा गाउँपालिकामा पहिलोपटक सत्तारुढ नेकपाले संसदीय दल गठन गरेको हो।

गाउँपालिका अध्यक्ष सहजराम यादव संसदीय दलको नेतामा चयन हुनुभएको छ। उपनेता गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी ,प्रमुुख सचेतक वडा नं. २ का वडाअध्यक्ष भक्तु चौधरी र सचेतकमा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष बाबुुराम अधिकारी रहनुभएको छ।

यसैगरी गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा १३ सदस्यीय स्थानीय तह बोर्ड गठन गरिएको पार्टीले जनाएको छ।

जसको सदस्यहरूमा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, वडा अध्यक्षहरू बाबुराम अधिकारी, भक्तुु चौधरी, तुल्सीराम अधिकारी, प्रकाश भण्डारी, सद्दाम सिद्दिकी र कार्यपालिका सदस्यहरू देवीलाल दुधराज, सुभबहादुुर कुमाल, साबित्रा गहतराज, मनिषा चौधरी र हेमन्तीकुमारी कुमाल रहनुभएको छ।

भेलाले प्रमुुख सचेतक भक्तुु चौधरीको संयोजकत्वमा स्थानीय तह संचालनार्थ आवश्यक नीति नियमहरूको मस्यौदा उपसमिति गठन गरेको छ।

जसमा बाबुुराम अधिकारी, सद्दाम सिद्दिकी, शोभा रावत र हेमन्ती कुुमाल रहनुभएको छ।

सोमबार गढवामा दिनभर जसो पार्टी र जनप्रतिनिधिबीच भएको बृहत छलफलबाट समन्वय र सहकार्यका साथ विकास र समृद्धिका गतिविधिलाई अगाडि बढाउन सुझाव आदानप्रदान भएको थियो।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य, दाङका सहइन्चार्ज तथा प्रदेश–५ का सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्दै प्रमुख अतिथी सांसद इन्द्रजित थारुले नियम कानूनको कार्यान्वयन गर्दै पार्टीको अनुुशासनमा रही पालिकाको समग्र विकास र समृद्धिका लागि काम गर्न जनप्रतिनिधिलाई आह्वान गर्नुभयो।

स्थानीय सरकारले गाउँसभाबाट पासगरी ल्याएको बजेट कार्यान्वयनमा चनाखो बन्न जनप्रतिनिधिले भूमिका खेल्नुुपर्ने भन्दै नेता थारुले स्थानीय सरकारको जनहितमा प्रयोग हुने राजश्व कोषमा बृद्धि गर्न जनप्रतिनिधिलाई हरदम ध्यान दिन निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्