आचार्यलाई पितृशोक



काठमाडौं, (नेस)।नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार कृष्ण आचार्यलाई पितृशोक परेको छ।

उहाँहरूका पिता यामप्रसाद शर्माको ६८ वर्षको उमेरमा हिजो सोमबार कीर्तिपुर, सल्यानथानस्थित निवासमा निधन भएको छ।

उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो।स्वर्गीय आचार्यको हिन्दु संस्कारअनुसार हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।

स्वर्गीय आचार्यका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्