कर्माचारी तथा औषधी अभावले अस्पताल बन्द हुने अवस्थामा



न्युज अफ नेपाल, बारा । जिल्ला अस्पताल कलैया, बारामा कर्माचारी तथा औषधी अभावका कारण सेवाग्राही मर्कामा परेका छन । गरीब निमुखाहरुका लागि सरकारले भाषणमा विभिन्न आश्वाशन देखाउने गरेको भएपनि निशुल्क स्वास्थ्य सेवा पाउने आशमा अस्पताल पुगेका बिरामीहरु निराश हुदैँ निजि क्लिनिकहरुमा गएर उपचार गउराउन बाध्य भएका छन ।

आस्पतालमा आवश्यक चिकित्सकहरु, कर्मचारीहरु तथा औषधीको अभाव हुँदा बिरामीहरु मर्कामा परेका हुन । अस्पतालको विषयमा अस्पताल व्यवस्थापन समिति नै बेखबर रहेको जस्का कारण अस्पतालको अवस्था नाजुक बनेको स्थानिय सेवाग्राहीहरुको आरोप छ । डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहेको जिल्ला अस्पतालमा १ जना करार प्रसुति विशेषज्ञ , ४ जना एमबिबिएस उत्तीर्ण चिकित्सक मात्र अस्पतालमा रहेका छन् ।

अस्पतालमा भौतिक पूर्वाधारको राम्रो अवस्था भएपनि आवश्यक जनशक्ति नहुँदा अस्पतालको सेवा प्रबाह प्रभावित भएको छ । ५ जनाको दरबन्दी रहेको भएपनि १ जना पनि अस्पतालमा नहुँदा अस्पतालको सेवा नै बन्द गर्ने अवस्था सृजना भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. प्रेम चन्द्र चौरासीयाले बताउनु भयो ।

पहिलेपहिले दैनिक २ सयदेखि ३ सयकोे हाराहारीमा बिरामी आउने गरेको यस अस्पतालमा अहिले सेवाग्राहीको संख्या ा निकै घटेको अस्पताल स्रोतले बताएको छ । डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफरदेखि सरसफाइसम्मको कामका लागि ५९ जनाको दरबन्दी रहे पनि अहिले ११ जना मात्र कर्माचारीहरु रहेका छन् ।

अहिले अस्पतालमा अप्रेशन सेवा पनि बन्द भइसकेको भएको डा.चौरासीयाले बताउनु भयो । सरकारी अस्पतालमा सामान्य अप्रेशन लगायतका उपचार सेवा समेत बन्द हुँदा निजी अस्पतालमा सुत्केरी गराउँदा ३० देखि ५० हजार रुपैयाँसम्म खर्च हुने भएकाले आर्थिक अवस्था कमजोर हुनेहरु ठूलो मारमा परेका छन् ।

प्रदेश सरकार मातहत रहेको अस्पतलाको व्यवस्थापनका लागि सेवासुविधामा ध्यान पुर्याउनु पर्नेमा सेवा वन्द हुँदा समेत सरोकारवाला निकाय मौन रहेका छन । प्रदेश सरकारले निर्माण गरेको समिति अस्पताल अस्तव्यस्त हुँदा समेत बेखवर भएको स्थानीयको आरोप छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका समस्यालाई तिन तहका सरकार गठन हुँदासम्म चासो नदिँदा स्थानीय झन् निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्