क्याम्पस सदस्यमा सांसद्को उम्मेदवारी



न्युज अफ नेपाल, हेटौंडा । मकवानपुरको हेटौंडा रहेको सबभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्यका प्रत्याशीमा सांसद्हरु नै उम्मेदवार बनेका छन् ।

निर्वाचित हुने ८ सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ । प्रदेश सांसद्सहित विभिन्न निकायका व्यक्तित्वहरु उम्मेदवार छन् । १७ सदस्यीय भने पदेन रहने क्याम्पसको विधानमा व्यवस्था छ । ८ सदस्यका लागि भदौ २८ गते २ बजे निर्वाचन हुनेछ ।

क्याम्पस सञ्चालक समितिका ८ सदस्यमा बद्रीप्रसाद लम्साल, प्रदेश सांसद् प्रेमबहादुर पुलामी, बिनोद रिजाल, विष्णु दाहाल, नवराज बिष्ट, कृष्ण धिताल, भगवती धिताल, पूर्वअध्यक्ष माइकल रामचन्द्र अर्याल, संविधानसभा सदस्य प्रह्लाद लामिछाने, प्रदेश सांसद् कुमारी मोक्तान, अशोक शाक्य, भीमसेन महत, राजीब सुबेदी, अज्मीर केसीले उम्मेदवारी दिनुभएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्षमा संविधानसभा सदस्य मञ्च अध्यक्ष अनन्त पौडेल र लेखा समिति अध्यक्षमा हरि हुमागाईं निर्विरोध निर्वाचित हुनुभएको छ । १४ औं क्याम्पससभाले सञ्चालक समिति अध्यक्षमा पौडेल र लेखा समिति अध्यक्षमा हुमागाईंलाई निर्विरोध निर्वाचित गरेको हो । यसअघि क्याम्पस सञ्चालक समिति अध्यक्षमा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्थ्यो ।

क्याम्पसको १४ औं क्याम्पससभाको हेटौंडामा उद्घाटन गर्दै प्रदेश–३ का मुख्यमन्त्री पौडेलले क्याम्पसमा भइरहेका नराम्रा गतिविधिलाई रोक्नुपर्ने बताउनुभयो । मकवानपुर बहुमुखी क्याम्पसमा सेवासुबिधा बढाउने कुरामात्र गर्ने नभएर गुणस्तरीय शिक्षा दिन ध्यान दिनुपर्ने उहाँले औंल्याउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले यसको हितमा धेरै काम गरेका छाैं र हित पनि सोचेका छौं । प्राध्यापक र विद्यार्थीले आफ्ना हितका लागिमात्र भन्दा पनि सिंगो क्याम्पसको हितका लागि सोच्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्