स्वास्थ्यसम्बन्धि निशुल्क परामर्श सेवा प्रदान 



न्युज अफ नेपाल, रसुवा । नौकुण्ड गाउँपालिका वडा नं. १ लाङबुगाउँमा स्वास्थ्य सम्बन्धि निशुल्क परामर्श सेवा दिएको छ ।

इजिप्टको कायरो र काठमाण्डौ बालुवाटार स्थित रोट्रयाक्ट क्लब अफ मातृ भुमि आइओएस मार्फत आएका ११ सदस्थीय सम्बन्धी परामर्श सेवा दिएको छ । त्यहाँका स्थानिय बासिन्दालाई स्वास्थ्यमा सुधारमा सहयोग पुर्याने उद्धेश्यले चार एमविविएस चिकित्सक र त्रिविवि शिक्षण अस्पतालमा अध्ययनरत एम विविएसका विद्यार्थीहरुले आधिकांश छाला, हाड जोर्नी, स्वास प्रश्वास, गानुगोला, नाक, कान, घाँटी, आखाँ र उच्च रक्तचाप जस्ता समस्या भेटिएको थियो ।

करिब ३ सय ५० ग्रामिण बासिलाई स्वास्थ्यको परामर्श र केही औषधी समेत वितरण गरेको छ । सडक सन्जालले जोडिएतापनि स्वास्थ्य क्षेत्रको पौच नपुुगेको लाङबु गाउँमा यस्तो परामर्शक साथै उपचार पाउनु अत्यन्त खुसी रहेको नारायण मा.वि. लाङबुका प्रधान अध्यापक जितमान घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्