८० हजार घुससहित बिद्युतको कर्मचारी पक्राउ



महेश सिंह, सिरहा। सिरहामा विद्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई घुस सहित पक्राउ परेका छन् ।

सिरहाको विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिदै गरेको अबस्थामा रंगेहात उनलाई पक्राउ गरिएको अख्तियारको कर्मचारीले जनाएका हुन। सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको हो । आजै साहलाई अख्तियारको कार्यालय बर्दिबास लगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्