दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भएपनि विकासमा एकता हुनुपर्छ: उपप्रधानमन्त्री पोखरेल



न्युज अफ नेपाल, भक्तपुर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दलहरुबीच राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा एकता हुनुपर्ने बताउनुभएको छ ।आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा रहेको पुननिर्मित ऐतिहासिक अन्नतलिङगेश्वर महादेव मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले विकाश गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभएर सबै एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

दलिय द्धन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकाशको विरोध गर्ने उहाँको भनाई थियो ।सुखी नेपाली संम्वृद्ध नेपालको राष्ट्रिय आकाक्षा पुरा गर्न सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो ।
अहिले विकासका काममा सेवा प्रदायक सरकारी कार्यालयहरुबीच कतिपय अबस्थामा आवश्यक समन्वय नभएको उल्लेख गर्दै उहाँले सरकारले नीति नियम बनाएर समन्वय गर्दा देखा परेको गाँठो फुकाउने पहल सुरु गरिसकेको बताउनुभयो ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेलले अहिले राज्यका ३ तहका सरकारबीच कर्तब्य र अधिकार बाँडफाँडका कतिपय सन्दर्भमा आपसी समन्वयको अभाव जस्तो देखिए पनि अब ऐन कानुन ,नीति र संरचना निर्माण पछि राज्यका तीनै तहले अझै प्रभावकारी काम गर्ने बिचार ब्यक्त गर्नुभयो ।उहाँले कम्युनिष्टले धर्म मान्दैनन् भन्नु गलत भएको बताउँदै सार्वजनिक ठाउँमा नयाँ मठ ,मन्दिर बनाउनुभन्दा भएका पुराना सम्पदाको संरक्षण,प्रबद्र्धन र प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो ।

बिकासका नाममा सभ्यता र संस्कृतिको बिनाश गर्न नहुने बताउँदै बिकासमा जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुर संम्पदाहरुको महत्वपूर्ण ठाँउ भएको बताउँदै अनन्तलिङ्गगोश्वरको डाँडाँबाट उपत्यकाको तिनै शहर देख्न सकिने हिमालका २२ वटा हिम शृङ्खला देख्न सकिने यो ठाँउलाई धार्मिक तथा पर्यटकिए हिसाबले पनि महत्वपूर्ण भएको बताउँदै यो अनन्तलिङ्गगेश्वर महादेव मन्दिरलाई त्रिनेन्त्र आध्यात्मिक केन्द्रले यो मन्दिरलाई वृन्दावन बनाउन उद्घोष गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल र पूर्व सांसद केदार सञ्जेल लगायतले पुरातात्विक संम्पदाको संरक्षण र संर्वधनमा सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो ।
कार्यक्रममा मन्दिर पुननिर्माणमा महत्वपुर्ण सहयोग पुर्याएकोमा पुर्व मन्त्रीद्धय महेश बस्नेत र आनन्दप्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पले क्षति पुगेको मन्दिरको तीन वर्ष तीन महिनापछि पुुन निर्माण सम्पन्न भएको हो ।

मन्दिरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कार्यक्रम अन्तर्गत एक करोड ६४ लाखको लागतमा पुरातत्व विभागले पुनर्निर्माण गरेको हो । यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसैगरी मन्दिरको दुई तहको तामाको छानो ४४ लाख गरी २ करोड ८ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो । उक्त झोलुङ्गे पुल भने २५ लाख १५ हजार ५ सय २८ रुपौंयाको लागतमा निर्माण भएको थियोे ।

समाजसेवी कुमार उप्रेतीको व्यक्तिगत सहयोगमा रु ४ लाखको लागतमा मन्दिरको स्वर्ण गजूर प्रतिस्थापन गरिएको कार्यक्रम प्रचारप्रसार उपसमितिका संयोजक रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा विकासको कार्य महत्वपूर्ण भुमिका निर्वाह गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्