सुनसगँ फलाम साट्दै अर्घाखाँचीको एक विद्यालय



न्युज अफ नेपाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका-२ पोखराथोक स्थित हरिहर संस्कृत तथा साधारण माविको नाम यति बेला निकै चर्चा मा छ । त्यो चर्चाको विषय हो विद्यालयको नाममा रहेको कपिलबस्तु जिल्लामा रहेको करोडौ पर्ने जग्गालाई पाणिनी गाउपलिकामा रहेको विद्यालय आसपासको जग्गासँग सट्टीपट्टि ।

यस बारेमा विद्यालय व्यबस्थापन समितिले एक बिज्ञप्ती निकाल्यो । तर त्यो विज्ञप्ती आधिकारिक हो या हैन भन्ने कुरा आर्को हिसाब ले आकलन गर्न सकिन्छ , गलत कदम चाली महङ्गो मूल्यमा जग्गा हडप्न एक समूह सक्रिय भएर लागेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

विभिन्न कार्यक्रम विस्तारका लागि विद्यालयलाई केहि रोपनी जग्गा आवश्यक परेको र यही मौकामा विद्यालयको मूल्यवान जग्गा हात पार्ने गरी सट्टापट्टाको खेल अगाडि बढाइएको कुरा सतह मा आइसकेको छ  ।

जग्गा साटफेरका नाममा ठूलो चलखेल र बदमासी हुने देखिए पस्चात स्थानिय बिरोध मा उत्रिएका छन नमुना विद्यालय बनाउन जग्गा थप गर्ने सवालमा सकारात्मक रहेको तर साटफेर को नाम मा चलखेल गरि हिरा लाइ फलाम संग तुलना गर्न नमिल्ने उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्