परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच उच्चस्तरीय वार्ता सुरु



न्युज अफ नेपाल, काठमाडौं ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भइरहेको छ। वार्ता होटल याक एण्ड यतीमा भइरहेको छ।

ज्ञवाली र वाङ नेतृत्वको प्रतिनिधि मण्डलको वार्तापछि राजनीतिक भेटघाटको तय गरिएको छ।

वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव वार्तामा रहेका छन्।
वार्तापछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन्। प्रधानमन्‍त्रीसँगको वार्तामा दुई पक्षीय सहयोग र सम्बन्धलाई अझ सुदृढ गर्ने बारेमा छलफल हुने बताइएको छ।

चिनियाँ लगानीमा संचालित परियोजनाको प्रगति र राष्ट्रिय स्तरका आयोजनामा चिनियाँ पक्षबाट हुनसक्ने सहयोग र लगानीका संभावनाबारे पनि विमर्श हुनेछ।

दुई पक्षीय वार्तामा केरुङ–काठमाडौं रेलमार्गको डिपिआर, मदन भण्डारी विश्वविद्याल, कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेंसी खण्डको स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्