सीले किमलाई दिए बधाई



न्युज अफ नेपाल, बेइजिङ । उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिनु भएको छ । उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका सीले बधाई दिनु भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी  केन्द्रीय कमिटीका महासचिव पनि रहनु भएका सीले किमलाई दिएको आफ्नो सन्देशमा चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट हार्दिक बधाई दिनु भएको छ ।

उत्तर कोरियाको स्थापना भएदेखि नै समाजवादी क्रान्ति र निर्माणको क्रममा निरन्तर प्रगति गरिरहेको छ, सीले बताउनु भएको छ । चीन र उत्तर कोरियाबीच लामो समयदेखि मित्रता र सहकार्य जारी छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्