कर्नेलको रगतले सुत्केरीको ज्यान जोगियो



विमल विष्ट, डोटी ।
डोटी सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणका गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले दिनु भएको रगतले जिल्लामा एक सुत्केरी महिलाको ज्यान बचेको छ ।

सुत्केरी हुँदा अत्यधिक रक्तश्राबका कारण जिल्ला अस्पताल सिलगढीमा भर्ना हुनु भएकी जिल्लाको केआईसिंह गाउँपालिका वाडन. ६ भुमिराजमाण्डौकी २२ वर्षीया भावना नाथ योगीलाई गणपती तथा प्रमुख सेनानी खड्काले दुई पिन्ट ए पोजेटिभ रगत दान गरेपछि उहाँको ज्यान जोगिएको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक रक्तश्राव हुँदा निज सुत्केरीमो ज्यान नै खतरामा परेको थियो,कर्नेल सरले रगद दिएपछि ज्यान जोगिएको छ ।”

जिल्लामा अहिले सम्म रक्तश्रावका कारण ज्याननै जाखिममा परेका करिब तिन दजर्नभन्दा बढी स्थानियलाई नेपाली सेनाको रुद्रध्वजगणले रगत दिएर ज्यान जोगाएको बताईएको छ । डोटी जिल्ला लगायत समग्र सुदूरपश्चिम प्रदेशमा कुनै पनि व्यक्तिलाई रगतको आबस्यक परे उनिहरु नेपाली सेनाको ब्यारेक धाउने गर्छन् ।

सेनाले आफु मातहत रहेका सम्पुर्ण सैनिक कर्मचारीको रगत ग्रुप पहिले नै छुट्टयाएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानियहरु सेनाका ब्यारेकमा रगत माग्न धाउने गरेको शैलेस्वरी अस्पतालका निर्देशक आईजंग कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रगतको अभाबमा बिरामीको ज्याननै खतरामा परिसकेको हुन्छ,नयाँ मान्छे बोलायर रतग ग्रुप पत्ता लगाउदा सम्म ढिलो भईहाल्छ,सेनाले पहिले नै रगत ग्रुप छुट्टयाएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ ।”

पछिल्लो समय सेनाको रगतले यहाँका पहाडी बिभिन्न जिल्लाहरुमा सयौ स्थानियहरुको ज्यान जोगिएको नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुरले जनाएको छ । डोटी जिल्लाका स्थानियहरुमा रगत दान गर्नु पर्छ भन्ने बानीको बिकास भई नसकेकाले पनि जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको यहाँका स्वास्थ्य कमिहरु बताउछन् ।

गणपती तथा प्रमुख सेनानी खड्काले प्रदान गरेको रगतले सुत्केरीको ज्यान जोगिएपछि अहिले भावना नाथ योगीका घरपरिवारहरु सेनाप्रति निकै खुसि हुनुका साथै गणपती तथा प्रमुख सेनानी खड्कालाई धन्नेबाद समेत दिन थालेका छन् ।

सुत्केरी तथा बिरामी महिलालाई रगत दिन पाउदाँ आफु निकै गौरवान्वित भएको रुद्रध्वज गणका गणपती तथा प्रमुख सेनानी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दानगरेको रगतले एउटा छोरी,चेलीको ज्यान जोगिएको छ, त्यो भन्दा ठुलो मेरालागि खुसिको कुरो के हुन सक्छ र ? ।”

गणपतीको रगतले ज्यान बचेकी निज महिला अहिले स्वस्थ अवस्थामा रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्लामा ब्लड बैंक नभएका कारण यहाँका स्थानियलाई भनेको बेलामा रगत पाउन मुस्किल हुँदै आएको छ ।

जिल्लामा नेपाल रेडक्रस सोसाईटी डोटी शाखाले रगत संकलन गर्ने भएपनि संकलन भएको रगत राख्ने ठाउँ नभएका कारण पनि समस्या हुँदै आएको स्थानियबासी तथा सञ्चारकर्मी रामहरी ओझले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समय सम्म रगत राख्ने मेसिन नभएका कारण समस्या भएको छ,भनेको बेलामा सेनाले अस्पतालमै आएर रगत दिने गरेका कारण केही बिरामीको ज्या नबचेको छ, नत्र अकालमै धेरैले ज्यान गुमाई सक्थे ।”

प्रतिक्रिया दिनुहोस्