डेंगुको संक्रमण देखिएपछि कांग्रेसका सांसद दवाडी अस्पताल भर्ना



न्युृज अफ नेपाल, काठमाडौं । डेंगुको संक्रमण देखिएपछि नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी अस्पताल भर्ना भएका छन्।

गण्डकी प्रदेशका सांसद दवाडी तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन्।ज्वरो आउनेलगायत लक्षण देखिएपछि अस्पताल आएका उनका परिवारले डेंगुको संक्रमण रहेको पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गराएका थिए ।

दवाडी गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र (क) बाट विजयी भएका सांसद हुन्। डेंगु एडिस नामक लामखुट्टेको पोथीले टोकेपछि संक्रमण फैलिन्छ। यसले अहिले काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा विकराल स्थिती सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्