इनोभेटिभ र स्वप्न वाटिका फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौंइनोभेटिभ र स्वप्न वाटिका १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन्।

इनोभेटिभले एसियन पब्लिकलाई ३९–२० र स्वप्न वाटिकाले काठमाडौं जेभियरलाई २३–१३ ले हराएर उपाधिका लागि अग्रसर भएका हुन्।

इनोभेटिभको जितमा सभ्यता महर्जनले २० अंकको योगदान दिएकी थिइन्। त्यस्तै स्वप्न वाटिकाकी सम्झना शाहीले ७ स्कोर गरिन्।

प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा न्यु समिट र काठमाडौं जेभियर उपाधिका लागि भिड्नेछन्। न्यु समिटले स्प्राङगेलको चुनौती ६४–५० ले पाखा लगायो।

जसमा न्यु समिटका राहुल शर्मा र सशांक महर्जनले समान २७–२७ अंक जोडेका थिए। स्प्राङगेलका रोहित बलामीले ३७ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन।

यसैगरी काठमाडौं जेभियरले एसियनमाथि ६०–५२ को जित दर्ता गर्यो। काठमाडौं जेभियरका रोहन दासले १९ अंक बटुलेका थिए।

प्रतिक्रिया दिनुहोस्