राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ पारित



नेपाल समाचारपत्र, काठमाडौं ।प्रतिनिधिसभाले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक २०७५’ लाई सर्वसहमतिले पारित गरेको छ।

आइतबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरियोस् भनी गरेकोे प्रस्तावलाई बैठकले सर्वसहमतिबाट पारित गरेको हो।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको प्रतिवेदनमा उल्लेखित विधेयकका १ देखि १४ सम्मका संसोधनका बुँदालाई बैठकले सर्वसहतिले स्वीकृत गरेको थियो।

यसअघि छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. खतिवडाले कानुनले अपराधको प्रकृति हेरेर दण्ड, सजाय र न्याय दिने भएकाले कानुनले सबैलाई समान व्यवहार गर्नेमा ढुक्क रहन आग्रह गर्नुभयो।

उहाँले राजस्व चुहावट नहोस् भन्नेतर्फ तीनै तहको सरकारले ध्यान दिनुपर्ने भन्दै सरकार व्यवसायीको सिल्पिङ पार्टनर नभएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो–‘सरकार व्यवसायीको लागि प्रर्वद्धक हो, सहयोगी हो, नियमक हो।

सहयोग गर्छ व्यवसाय गर्नेलाई।’ उहाँले राजस्व चुहावट दुवै तर्फबाट हुन सक्ने भएकाले राजस्व प्रशासनका कर्मचारीलाई पनि राजस्व तिर्ने व्यक्ति सरह नै जिम्मेवार बनाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्