शेयर बजारलाई खेलौना नबनाउन अर्थमन्त्रीको चेतावनी



cy{dGqL vltj8f–;Daf]wg cy{dGqL 8f o’j/fh vltj8f z’qmaf/ sf7df8f}Fdf cfof]lht g]kfn cfly{s kqsf/ ;+3 -gflkmh_ sf] rf}yf] dxf;efsf] pb3f6g ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/M /f]zg ;fksf]6f, /f;;

नेपाल समाचारपत्र, काठमाडौं।अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई खेलौना नबनाउन चेतावनी दिनुभएको छ। आइतबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १०औं वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले सरकार सुदृढ पुँजीबजार विकासको पक्षमा रहेको समेत स्पष्ट पार्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘यो सरकार बजारप्रतिको विश्वास बढाउन चाहन्छ, तर केही साथीले शेयर बजारलाई खेलौना बनाउने काम गरिरहनु भएको छ।’ उहाँले शेयर बजारलाई खेलोना बनाउने काम गर्न बन्द गर्न आग्रह गर्नुभयो।

उहाँले थप्नुभयो–‘आगोसँग खेल्दा आफै जलिन्छ भन्ने हेक्का तपाईहरूले राख्न आवश्यक छ।’शेयर बजार घटेको समयमा लगानीकर्ता मात्र नभई सरकार पनि चिन्तिन भएको उहाँले उल्लेख गर्नुभयो।

पुँजीगत लाभकरका विषयमा देखिएको विवाद केही समयमा नै निष्कर्शमा पुग्ने बताउँदै उहाँले त्योभन्दा पहिले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) जवाफदेही हुनुपर्ने स्पष्ट पार्नुभयो।

जिम्मेवार हुनुपर्ने निकाय समयमा नै जिम्मेवार नहुँदा अर्थ मन्त्रालय नै नियमक निकाय हो कि जस्तो देखिएको उहाँले भन्नुभयो। आगामी दिनमा नियामक निकायले नियामनको काम गरेको खण्डमा त्यो दिन नआउने र आउन पनि दिन नहुने दाबी उहाँको भनाइ छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सबै सूचक सकारात्मक भइरहँदा पनि सरकारविरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै मानिस परिचालित भएको दाबी गर्नुभयो।

‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ, यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउछ,’ उहाँले भन्नुभयो।

सरकारको चामल नबिकेको र हल्ला गर्नेहरूको पिठो बिक्ने अवस्था बनेको समेत उहाँको भनाइ छ।कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शेयर बजारमा कालोधन सकिएकाले नेप्से सूचक घटेको बताउनुभयो।

उहाँले बजार पारदर्शी भएका कारण नै नेप्से सूचक घटेको दाबी गर्नुभयो। ‘एउटै शेयर लगानीकर्ताको ५० वटाभन्दा बढी अलग–अलग कारोबार देखियो, अनलाइनमा त ५० वटा कारोबार एकै ठाउँमा आउँछ, बजारमा ह्वाइट मनिको मात्र कारोबार भएको र कालोधन बजारमा आउन नसकेको कारणले बजार घटेको हो।’

अनलाइन सिस्टमले गर्दा पनि हाल शेयर बजार ओरालो लागेको बताउँदै उहाँले अनलाइन ट्रेडिङ सिस्टममा सबै लगानीकर्ता आबद्ध भएपछि यो क्रम न्यून हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले शेयर बजारमा कुनै पनि प्राविधिक समस्या नभएको समेत जानकारी गराउनुभयो।

‘जहिले पनि बजार घट्यो भन्छन्, हामीसँग जादुको छडी छ र बजार बढाउनलाई ? बजार घट्ने र बढ्ने भनेको लगानीकर्ताको हातमा हुन्छ। हामी त माध्यम मात्रै हौँ।’

उहाँले भन्नुभयो–‘‘शेयर बजार घट्दा नेप्सेलाई वा अन्य नियामक निकायलाई दोष लगाउने काम बन्द गरिनुपर्छ।’कार्यक्रममा नेपाल शेयर ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा भएका कानुनी समस्या नियामक निकायले समाधान गरेको भए शेयर लगानीकर्ताको मनोबल नगिर्ने बताउनुभयो। उ

हाँले शेयर लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारले बजार घटेको समयमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई ‘डाउन पेमेन्ट’का माध्यमबाट शेयर खरिद गर्न लगाउनुपर्ने उल्लेख गर्नुभयो।

हाल छिमेकी मुलुक भारतमा शेयर बजारमा गिरावट आउँदा सरकारले नै बीमा कम्पनीलाई डाउन पेमेन्टको माध्यमबाट शेयर खरिद गरी लगानीकर्तालाई बजारमा ह्रास आएको महशुस नै नगराई मनोबल घट्न नदिएको उहाँले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्