टीभीएस अपाचे आरटीआर २ भी रेस एडिसन नेपालमा



नेपाल समाचारपत्र, काठमाडौं।टीभीएस अपाचे आरटीआर १६० २ भी रेस एडिसन नेपालमा आएको छ। नाडा अटो शो २०१९ को अवसरमा नेपालमा सार्वजनिक गरेको हो।

टिभिएस अपाचे आरटिआर १६० २ भी रेस एडिसन टीभीएस रेसिङ परम्पराको ३७ वर्षको विश्वमै लोकप्रिय उपलब्धि हो। युवा पुस्तालाई लक्षित गरिएको यसमा रेसिङ डिकल्स, थ्रीडी लोगो, चमकदार रङ एवम् स्पिड मिटरको नवीन डायलले यो मोटरसाइकललाई एक स्टाइलिस ढाँचा प्रदान गरेको छ।

यसैगरी उच्च ग्रिप टायरका साथ पांग्रामा भएको नयाँ पिनस्ट्राइपहरू, डबल डिस्क ब्रेक र एक शक्तिशाली इन्जिनले बाइक चालकलाई रेसिङ अनुभूतिमा कुनै सम्झौता नगरेरै बाइक चलाउने अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

टीभीएस मोटर कम्पनीको अन्तर्राष्ट्रिय बिजनेसका कार्यकारी उपाध्यक्ष आर. दिलिपले भन्नुभयो–हाम्रो ग्राहक आधारको एक महत्वपूर्ण हिस्सा युवा भएको हुँदा कम्पनीका लागि नेपाल एक संवेदनशील बजार हो भन्ने हामीले मान्दै आएका छौं।

टीभीएस अपाचे आरटिआर १६० २ भी रेस एडिसनले देशमा रहेका युवामाझ टीभीभएस मोटरका उत्पादन प्रति थप उत्साह जगाउने विश्वास हाम्रो रहेको छ। ’

सोही अवसरमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपालमा टीभीएस अपाचे आरटीआर १६० २भी रेस एडिसन भित्र्याउन पाएकोमा खशी व्यक्ति गर्नुभयो।

यसमा १५९.७ िससिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५०० प्लस ३०० आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ।

यसका अतिरिक्त मोटरसाइकलले शक्ति र वजनको उत्कृष्ट अनुपात प्रदान गर्दछ तथा ५.१५ सेकेण्डमा ०–६० किमि प्रतिघण्टाको गति दिलाउँछ। यसको हालको बजार मूल्य २ लाख ६४ हजार ९ सय रुपियाँ रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्