जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश



बैतडी, (नेस)। राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका १ दर्जन बढी नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन्।

सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनीहरू नेकपामा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कँुवर (विजयसुन्दर)ले टीका लगाई स्वागत गर्नुभएको थियो।

केन्द्रीय सदस्य कुँवरले नवप्रवेशीलाई स्वागत गर्र्दै उनीहरूलाई पार्टीभित्र उचित स्थान दिने बताउनुभयो। नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितीमा सुर्नया गाउँपालिकामा अन्र्तक्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

नेकपाका सुर्नया गाँउपालिका कमिटीका प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनितिका बारेमा छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्