समुदाय प्रहरी कार्यक्रम प्रभावकारी बन्दै



मोतीराम तिमल्सिना, काभ्रे।गत वर्षको असार ३२ गते जिल्ला सरकारी वकिल कार्यालय धुलिखेलमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले लागू औषधी सम्बन्धी ऐन २०४९ दफा १७ (१) बमोजिम नाइट्राभेट १० बरामद गरेको अभियोगमा मुद्दा दर्ता गर्यो।

झापा घर भई बनेपा नगरपालिका– ९ स्थित नयाँबस्तीमा डेरा कोठा गरी बस्ने एलिस पौडेल, नवलपरासीका देवचुली नगरपालिका– १३ प्रगतिनगर बस्ने इफान भन्ने इरफान महत्तो, काठमाडौं सामाखुसी बस्ने लोके भन्ने लोकेन्द्र चौधरी, बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा तत्कालीन समयमा एच.एम.दोस्रो वर्षको दोस्रो खण्डमा अध्ययनरत रहेको अवस्थामा लागूऔषध प्रयोग तथा ओसारपसार अभियोगमा पक्राउ परे।

बनेपा नगरपालिका ६ स्थित एक पसलको भित्रपट्टि प्रहरीको विशेष खानतलासीमा लागूऔषध ओसारपसार तथा प्रयोग गरेको अभियोगमा पक्राउ परेका उनिहरू अझै जेलमा छन्। केही फरार छन्।

यो प्रतिनिधिमूलक घटना हो। विद्यालय जाँदै गरेका वा क्याम्पस सकेर फर्कदै गरेका, क्याम्पस अध्ययन गरिरहेका युवा लागूऔषधकोे जोखिममा छन्।

अभिभावकले सन्तान अध्ययनमै व्यस्त भइरहेको विश्वास गरिरहँदा उनीहरू लागूऔषधमा मस्त भेटिनथालेका छन्। प्रहरी तथ्यांकमा जिल्लामा १ वर्ष को अवधिमा १९ केजी गाँजा, १ केजी चरेस बरामद भएको छ।

लागूऔषध सम्बन्धी ट्याबलेट १ सय १६ वटा, डाइजिपाम ६२ वटा, फेनारगन ४० वटा, नर्फिन ४० वटा, नाइट्रोभेट ४ हजार ६१ वटा र अन्य ६ सय ४७ वटा ट्याबलेट बरामद गरेको छ।

आर्थिक वर्ष २०७५–२०७६ मा ३५ जना लागूऔषध प्रयोग र ओसारपसार अभियोगमा पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २१ जनालाई मुद्दा दर्ता गरिएको छ। प्रहरीले जिल्लाको २ बिगाहा, १२ कठ्ठा १ धुरमा गाँजा फडानी गरेको छ।

एक साताको अभियानमा प्रहरीले २१ हजार ५ सय बोट गाँजा फडानी गरेको छ भने ९ सय विद्यार्थी तथा सर्वसाधारणलाई लागूऔषध प्रयोगका असर तथा लागूऔषध दुब्र्यसन विरुद्धको अभियानमा लाग्न अनुशिक्षण कक्षा सञ्चालन गरेको छ। प्रहरी समुदाय कार्यक्रमअन्र्तगत प्रहरीले जिल्लामा विभिन्न कर्यक्रम सञ्चालन गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्