पर्व लक्षित सरसफाइ प्रभावकारी बनाउन छलफल



काठमाडौं, (नेस)।नजिकिँदो पर्व लक्षित सरसफाइलाई प्रभावकारी बनाउन महानगरको वातावरण व्यवस्थापन विभागले निजी तथा सामुदायिक संघ संस्थासँग छलफल शुरू गरेको छ।

अन्य समयका दँजोमा जात्रा र पर्व विशेष समयमा धेरै फोहोर उत्पादन हुन्छ। विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौंमा घरेलु फोहोर व्यवस्थापनमा सुधारको खँचो रहेको औंल्याउँदै त्यसलाई व्यवस्थित गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

उहँले भन्नुभयो– ‘हामीले पर्व विषेशलाई ध्यान दिएर महानगरको फोहोर व्यवस्थापन गर्नु अति आवश्यक छ।’छलफलमा फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले तोकिएको क्षेत्र र समयभित्र निजी क्षेत्रले फोहोर संकलन गरिदिए मात्र पनि समस्याको मात्रा घट्ने धारणा राख्नुभयो।

वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोख्रेलले प्रशासनिक वा अन्य कुनै कारण देखाएर फोहोर संकलनमा रोकावट हुनु नहुने बताउनुभयो।

बैठकमा निजी तथा सामुदायिक संघ संस्थाको तर्फबाट बोल्दै फोहोरमैला व्यवस्थापन संघका वरिष्ठ उपाध्यक्ष रामकुमार घिमिरेले फोहोर संकलन गर्ने काममा खटिने संघ संस्थालाई ट्रान्सफर स्टेसनको अभावमा व्यवस्थित काम गर्न कठिन परेको अनुभव सुनाउनुभयो।

महासचिव मित्रप्रसाद घिमिरेले महानगरले क्लस्टर छुट््याएर क्षमताका आधारमा काम गर्न सक्नेलाई जिम्मेवारी दिए, आफूहरूलाई समस्या नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्