डेंगुसम्बन्धी जनचेतना शुरू



ललितपुर, (नेस)।उपत्यकामा डेंगुको संक्रमण बढ्न थालेपछि स्थानीय निकायले विद्यालयका विद्यार्थी प्रयोग गरी जनचेतना कार्यक्रम आयोजना गरेका छन्।

सोही क्रममा ललितपुर महानगर पालिका–१८ ले आफ्नो वडावासीलाई सो रोगको बारेमा जानकारी गराउन र्याली आयोजना गरेका छन्। वडाले नख्खुबाट शुरू गरेको र्याली विभिन्न स्थानमा पुगेर टुंगिएको थियो।

वडाको स्वाथ्य समितिले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष पुरुषोत्तम खड्का वडाका सबै अध्यक्ष, सचिवलगायका पदाधिकारीको उपस्थिति रहेको थियो

। वडाका ६ विद्यालयका विद्यार्थीलाई उपस्थित गरी आयोजना गरेको र्याली मगरगाउँ पुगेर टुंगिएको थियो। वडा सदस्य एवं स्वाथ्य संयोजक गोपाल डंगोलले जानकारी दिनुभयो।

उहँका अनुसार डेंगुसम्बन्धी हरेक हप्तामा जनचेतनासहितको कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्