वैदेशिक रोजगारीको नाममा कहिलेसम्म ठगिने ?



विदेशमा होस् वा स्वदेशमा, नेपाली नागरिकलाई समस्या परेको बेला सरकारले सहयोग गर्नुपर्दछ। नेपालमा बसेर नेपालीलाई ठग्ने जो–कसैलाई कानुनबमोजिम कार्वाही गरिनुपर्दछ।

तर नेपाल सरकारले न नेपालीलाई ठग्नेमाथि कार्वाही गर्न सकेको छ, न समस्यामा परेका नेपालीलाई सहयोग गर्न सकेको छ। यसबाट ठग्नेहरूले उन्मुक्ति पाउने र अझ धेरै नेपाली युवाहरू ठगिने अवस्था सिर्जना भैरहेको छ।

हुन त नेपालको कानुनमा वैदेशिक रोजगारीको नाममा ठगी गर्नेमाथि कडा कार्वाही हुने व्यवस्था छ तर जानकारीको अभावमा ठगिएका धेरैले उजुरी गर्दैनन्।

यस्तोमा विभिन्न संघसंस्था तथा स्थानीय निकायहरूले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सचेत पार्ने, वैदेशिक रोजगारीमा गएकाहरूको रेकर्ड राख्ने र वैदेशिक रोजगारीका नाममा ठगिनेहरूलाई सहयोग गर्नुपर्दछ।

स्वदेशमा होस् वा विदेशमा, कोही पनि नेपाली नठगिने अवस्था बनाउन सबैको सहयोग अहिले अति आवश्यक भइसकेको छ।

– विकास थापा, महेन्द्रपुल, पोखरा।

प्रतिक्रिया दिनुहोस्