नेपाल फर्किंदै पूर्वराजा



काठमाडौं, (नेस)। करिब एक महिना लामो थाइल्यान्ड बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र बुहारी हिमानी आज सोमबार नेपाल फर्कने हुनुभएको छ।

पुर्वराजाको सक्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड सशंकित भएको अवस्थामा लगातार थाइल्यान्ड भ्रमण गर्नुभएका ज्ञानेन्द्र नेपाल फर्कन लाग्नुभएको हो।

थाइल्यान्डमा अध्ययनरत नातिनी पूर्णिकालाई भेट गर्ने कारण देखाउँदै थाइल्यान्ड जाने गर्नुभएका ज्ञानेन्द्र थाइल्यान्डलाई ट्रान्जिट बनाउँदै भारतलगायतका देश भ्रमण गर्ने गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्