
काठमाडौं, (नेस)।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा राजधानीमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षीय पैरवी बैठक सरोकारवालाहरूका बीच बृहत छलफलका साथ सम्पन्न भयो।
छलफलमा नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप ६६ प्रतिशत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको तथ्यांकलाई विशेष प्राथमिकता दिई प्रस्तुत गरिएको थियो।