मरेका ब्रोइलर कुखुरा नेपाल भित्र्याउने ८ जना भारतिय पक्राउ



न्युज अफ नेपाल, विराटनगर । सीमावर्ती क्षेत्र विराटनगर १५ स्थित हुलासमेटल चोकबाट प्रहरीले साँझ करिब ६ बजे १ सय ४४ वटा ब्रोइलर कुखुरासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बरामद कुखुरामध्ये १ सय २ वटा मरेका थिए ।

जिउँदो कुखुरा ल्याउँदा थाहा पाइने भएकाले अचेल कारोबारीले मारेर, मरेका तथा मासु बनाएर नेपाल भित्र्याउने गरेको प्रहरीले बताएकाे छ ।

जोगवनी इस्लामपुरका मोहमद सेनदेन, आजाद अली, मोहमद इरफान, मोहमद अजबुल, मोहमद अजबुल, मोहमद मजेबुल, मोहमद पुस्तक र मोहमद मनुलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने सबै भारतिय नागरीक रहेका छन् । उनीहरूलाई कारवाहीका लागि क्वारेन्टाइन कार्यालय विराटनगरको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्