प्रहरीले काउन्ट गरेरै गाँजाका २१ हजार ५ सय बोट फडानी गर्यो



न्युज अफ नेपाल, काभ्रे । २०७५ साल आषाढ महिना ३२ गते जिल्ला सरकारी वकिल कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले लागु औषध सम्बन्धी ऐन २०४९ दफा १७ (१) बमोजिम नाइट्राभेट १० बरामद गरेको अभियोगमा मुद्दा दर्ता गर्यो ।

झापा जिल्ला डाँगिबारी गाविस ८ विभारे साविक घर भई बनेपा नगरपालिका वडा नम्वर ९ स्थित नयाँबस्तीमा डेरा कोठा गरी बस्ने वर्ष १९ का एलिस पौडेल, नवलपरासी जिल्ला देवचुली नगरपालिका वडा नम्वर १३ प्रगतीनगर बस्ने १९ बर्षिय ईर्फान भन्ने ईरफान महत्तो, काठमाण्डौ सामाखुसी बस्ने लोके भन्ने लोकेन्द्र चौधरी, सुनिल भन्ने वर्ष १९ का नेपाल बनेपा पोलिटेक्निक ईन्स्टिच्युटमा तत्कालिन समयमा एच.एम.दोश्रो वर्षको दोश्रो खण्डमा अध्ययनरत रहेको अवस्थामा लागु औषध प्रयोग तथा ओसारपसार अभियोगमा पक्राउ परे । बनेपा नगरपालिका वडा नम्वर ६ स्थित एक पसलको भित्र पट्टि प्रहरीको विशेष खानतलासीमा लागु औषध ओसारपसार तथा प्रयोग गरेको अभियोगमा पक्राउ परेका उनिहरु अझै जेलमा छन् । केहि फरार छन् ।

यो प्रतिनिधिमूलक घटना हो । विद्यालय जाँदै गरेका वा क्याम्पस सकेर फर्कदै गरेका, क्याम्पस अध्ययन गरिरहेका युवाहरु लागु औषधकोे जोखिममा छन् । अभिभावकले सन्तान अध्ययनमै ब्यस्त भईरहेको विश्वास गरिरहँदा उनिहरु लागु औषधमा मस्त भेटिन थालेका छन् । प्रहरी तथ्याङ्कमा जिल्लामा ए वर्ष को अवधीमा १९ केजी गाँजा, १ केजी चरेश बरामद भएको छ । लागु औषध सम्वन्धी ट्यावलेट १ सय १६ वटा, डाईजिपाम ६२ वटा, फेनारगन ४० वटा, नर्फिन ४० वटा, नाईट्रोभेट ४ हजार ६१ वटा र अन्य ६ सय ४७ वटा ट्याबलेट बरामद गरेको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा ३५ जना लागु औषध प्रयोग र ओसारपसार अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये २१ जनालाई मुद्दा दर्ता गरिएको छ । प्रहरीले जिल्लाको २ विगाहा, १२ कठ्ठा १ धुरमा गाँजा फडानी गरेको छ । एक साताको अभियानमा प्रहरीले २१ हजार ५ सय बोट गाँजा फडानी गरेको छ भने ९ सय विद्यार्थी तथा सर्वसाधारणलाई लागु औषध प्रयोगका असर तथा लागु औषध दुब्र्यसन विरुद्धको अभियानमा लाग्न अनुशिक्षण कक्षा संचालन गरेको छ । प्रहरी समुदाय कार्यक्रम अन्र्तगत प्रहरीले जिल्लामा विभिन्न कर्यक्तम संचालन गरिरहेको छ ।

प्रहरीले भुम्लु गाउँपालिका वडा नम्वर ७ स्थित भक्तबहादुर परियार र भरत परियारको बाँझो बारीमा रहेको ५० बोट गाँजा फडानी गरेको छ । पाँचखाल नगरपालिका ८ होक्सेमा ५ सय बोट गाँजा नस्ट भएको छ । मण्डदेउपुर नगरपालिका वडा नम्वर ८ मा ७ सय बोट गाँजा नष्ट भएको छ । पनौती नगरपालिका १० खोपासीिमा अबैद्य रुपमा उम्रिएको २ सय बोट गाँजा नष्ट भएको छ ।

पाँचखाल नगरपालिका वडा नम्वर ९ डाँडागाउँमा १ सय १ बोट गाँजा नष्ट भएको छ । बनेपा नगरपालिका वडा नम्वर ४ मा ५ हजार बोट, पनौती नगरपालिका ४ दुधमिलसँगै २ सय ५० बोट, बनेपा नगरपालिका १४ मा १ हजार २ सय बोट, पनौती नगरपालिका ४ र ५ सडक किनारमा रहेको ६ सय बोट गाँजा नष्ट गरिएको छ । त्यस्तै पनौती २ ठाडेमा रहेको ३ हजार बोट गाँजा नष्ट गरिएको छ भने मण्डनदेउपुर ६ गैह्रिविसौनामा रहेको १ हजार २ सय बोट गाँजा नष्ट गरिएको छ ।

पाँचखाल ९ धारापानीमा रहेको १ हजार १ सय बोट, बेथान्चोक गाँउपालिका ३ महाकाँलडाँडामा रहेको १ हजार १ सय बोट, धुलिखेल नगरपालिका ११ पात्लेगाउँमा रहेको १ हजार ५ सय बोट, तेमाल गाउँपालिका ६ ठुलो पर्सेलमा रहेको १ हजार १ सय बोट, पाँचखाल नगरपालिका १३ मा तेमालबेशीमा रहेको १ हजार १ सय बोट, नमोबुद्ध नगरपालिका ७ बुच्चाकोटमा रहेको १ हजार १ सय बोट, चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ मा रहेको २ सय बोट, मण्डनदेउपुर नगरपालिका वडा नम्वर ९ मा रहेको १ हजार १ सय बोट र पाँचखाल नगरपालिका ५ कृष्णमन्दिर टोलमा रहेको २ सय बोट समेत गरी एक हप्ते अभियानमा प्रहरीले स्थानीयहरुको सहयोगमा २१ हजार ४ सय ५१ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाले जानकारी दिनु भयोे ।

प्रहरीले गाँजा फडानी सँगै भदौ १ गते देखि ७ गतेसम्म लागु औषध विरुद्धको अभियान संचालन गरी विद्यार्थीहरुलाई जनचेतनामुलक अनुशिक्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्