स्कार्पियो गाडीसहित २ जना पक्राउ



न्युज अफ नेपाल, बारा । प्रहरीले बाराबाट २० थान स्टेबलाईजरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट बृन्दावन नगरपालिका–७ बस्ने अनिष कुमार पाल र गरुडा नगरपालिका–२ बस्ने रामप्रवेश मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी गस्ती टोलीले बारा परवानीपुर गाउँपालिका–५ गण्डक नहरस्थित सडकबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
भारतबाट भन्सार छली चोरी पैठारी बा१९च ३९५४ नम्वरको स्कार्पियो गाडीमा लुकाइ छिपाइ ल्याउँदै गर्दा उनीहरुलाई २० थान स्टेबलाईजर नियन्त्रयणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अनिष कुमार पाल स्कार्पियो चालक हुन् । उनीहरुलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाईएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्