१० लाख बराबरको भन्सार छलीका सामानहरु बरामद



न्युज अफ नेपााल,बारा ।  प्रहरीले १० लाख बराबरको भन्सार छली नेपाल भित्राएका सामानहरु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बिभिन्न रेडिमेड कपडा, किराना सामानहरु चिनी, बिस्कुट, खाने तेल, सरफ, सेम्फु, चपरा, केराउ लगाएतका १० लाख बराबरको भन्सार छलीको सामानहरु बरामद गरेको हो ।

सामानहरुबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, बिरगंज पर्सामा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्