चिनियाँ विदेशमन्त्री केहीबेरमा काठमाडौं आउँदै, यस्तो छ ३ दिने कार्यतालिका



काठमाडौं, चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी केही बेरमा काठमाडौं आइपुग्ने छन्। उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ। पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा उनी भारतीय आकाश हुँदै काठमाडौं ओर्लेने छन्।

वाङको भ्रमणलाई कार्तिकमा हुने भनिएको राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको रुपमा हेरिएको छ। उनले भ्रमणलाई सरकारले निकै महत्व दिएको छ। केपी ओली नेतृत्वमा बलियो सरकार बनेपछि चीनको तर्फबाट भएको यो उपल्लो स्तरको औपचारिक राजनीतिक भ्रमण हो। उनले उच्चस्तरको राजनीतिक शिष्टाचार भेटवार्ता र दुई पक्षीय मन्त्री स्तरीय औपचारिक छलफल गर्ने कार्यक्रम तय भएको छ।

उनी शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–पाकिस्तान–अफगानिस्तान त्रिदेशीय विदेशमन्त्री स्तरीय बैठकमा सहभागी थिए। संविधान जारीपछि निर्वाचन भएर बलियो सरकार बनेपछि उत्तर तर्फबाट नेपालमा भएको उच्चस्तरको भ्रमण हो।

विदेशमन्त्री वाङसंगै भ्रमणदलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष देङ बोकिङ, दक्षिण एसिया डेक्स हेर्ने अधिकारीसमेत सहभागि हुनेछन्। राजदूत होउ याङछी र दूतावासका अधिकारी पनि सबै बैठकमा सहभागी हुनेछन। भ्रमणको सफलताको लागि चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल पनि काठमाडौं आइसकेका छन्।

ज्ञवाली वाङ नेतृत्व डेलिगेसन स्तरमा वार्तापछि राजनीतिक भेटघाटको तय गरिएको छ। त्यसअघि चिनियाँ टोलीलाई चिनियाँ दूतावासले यहाँको अवस्था बारे र भइरहेको कामको जानकारी दिने कार्यक्रम छ। सोमबार हुने वार्तामा नेपालको तर्फबाट ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री डा। युवराज खतिवडा, परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहहचिव वार्तामा रहनेछन्।

वाङले काठमाडौमा रहदा सीको नेपाल भ्रमण र त्यतीबेलाको एजेण्डालाई अन्तिम रुप दिन भनिएको छ। नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा समेत उनले नेपाली पक्षसँग छलफल गर्ने भएका छन्। नेपालले बेल्ट एण्ड रोड इनीसीएटीभ ९बीआरआई० अन्तरगत रहेको कार्यक्रमलाई उठाउने छ। नेपालको तर्फबाट पनि दिइएको परियोजना वा चयन भएका नौ परियोजनाको अवस्थाको बारेमा बैठकमा समीक्षा हुनेछ। उक्त बैठकमा केही सहायता सम्बन्धी सहझदारीपत्रमा हस्ताक्षर हुनेछ। राष्ट्रपति सीको नेपाल भ्रमण र सुरक्षा विषयमा पनि छलफल हुने बताइएको छ।

यस्तो छ तीन दिनको कार्यक्रम

आइतबार
राज्यपरिषद सदस्य वाङ तीन दिने औपचारिक भ्रमणमा आए लगत्तै एअरपोर्टबाट होटल द्वारिका पुग्नेछन्। उनी सवा पाँच बजे विमानस्थल ओर्लने कार्यक्रम छ। उनलाई एअरपोर्टमा परराष्ट्र सचिव वैरागीले स्वागत गर्नेछन्। आइतबार साँझ र सोमबार बिहान वाङको कार्यक्रम चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवा भोजमा केन्द्रित हुनेछ। त्यसपछि उनले नेपाली पक्षसँग दुईपक्षीय औपचारिक वार्ता गरेर भेटघाटमा समय दिनेछन्। आज उनी विमास्थलबाट सिधै होटल द्वारिकामा पुगेर आराम गर्नेछन्।

सोमबार

सोमबार साढे तीनदेखि पाउने पाँचसम्म नेपाल र चीनबी दुईपक्षीय मन्त्री स्तरीय वार्ता हुनेछ। नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा त्यस्तो वार्ताको तयारी छ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिमण्डलको बीचमा दुई सम्झौतामा हस्ताक्षर हुनेछ। सामान्य सहयोग सम्बन्धी सम्झौता रहेको बताइएको छ। बैठक सकिए लगत्तै वाङ केपी ओली भेट्न बालुवाटार पुग्नेछन्। त्यो भेटको लागि एक घण्टा समय छुट्याइएको छ। उनले त्यहा प्रधानमन्त्रीसँग एक्ला उक्लै पनि भेट्ने कार्यक्रम छ। त्यहाँ सकेपछि राष्ट्रपपिलाई भेट्न शीतल निवास पुग्नेछन। त्यहाँ पनि उनलाई ३० मिनेटको समय तय गरिएको छ। राष्ट्रपति भेटपछि उर्नी नेपाल समकक्षी प्रदीप ज्ञवालीले दिने रात्री भोज ९बैक्युट० मा सरिक हुनेछन्। रात्री भोजको कार्यक्रम याक एण्ड यति होटलमा तय भएको छ। उनले त्यहाँ एक घण्टा भन्दा बढि समय बिताउने र त्यसपछि सिधै द्वारिक आएर आराम गर्ने कार्यक्रम तय छ।

मंगलबार

राजनीतिक भेटघाटको कार्यक्रम नक्सालको मेरियट होटलमा गर्ने तय भएको छ। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमा छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ। दुवै नेतालाई आधा आधा घण्टा भेट्ने बताइएको छ। उनीहरुलाई भेटेपछि वाङ द्वारिका फर्कने छन्। द्वारिकामा लन्च गरेर उनी बेइजिङको लागि एअरपोर्ट पुग्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेताले पनि चिनियाँ मन्त्रीसँग भेट्ने इच्छा व्यक्त गरेको त्यो भेट परराष्ट्रमन्त्रीले दिएको रात्री भोजमा नै सामूहिक रुपमा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्