भद्रगोल फ्लप !



काठमाडौं । बहुचर्चित हास्य टेलिश्रृखला “भद्रगोल” हिजोबाट पुनः प्रसारणमा आएको छ । नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण सुरु भएको भद्रगोललाई यसका पुराना दर्शकले भने सिधै स्विकार्न सकेका छैनन् ।पुराना टिमका चर्चित अनुहार बिना नै सुरु भएको भद्रगोल नाम जस्तै भद्रगोल भएको टिप्पणी दर्शकहरूले गरिरहेका छन् । नेपाल टेलिभिजन बाट प्रसारण भैरहेको “भद्रगोल”मा नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा सुरु भएको हो ।

दर्शक माझ निकै चर्चित “भद्रगोल” टेलिफिल्मलाई स्थापनाकालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्दै नेपाल टेलिभिजनबाट आएको हो भने पुराना कलाकार नअटाए पछि भने दर्शकहरुले आक्रोश पोखेका हुन् । भद्रगोलको युट्युबमा सार्बजनिक २२० भागको कमेन्टमा अधिकासले नकारात्मक प्रतिक्रिया दिएका छन् ।

शुक्रबार ८: ३० बजे प्रसारण हुने “भद्रगोल” नयाँ शैलीसहित निर्देशनमा समेत हात हालेका काफ्ले पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आएका छन भने अशोक धिलात बाहुन डन बनेका छन । काफ्ले नक्कली बाबुरामको रुपमा पनि चर्चित छन । तर जिग्री, पाडे, बले, रक्षा लगायतका भद्रगोलका चर्चित अनुहारहरु नहुदा भने दर्शक खुसी छैनन् ।

मिडिया हबकै प्रस्तुतीमा नयाँ शैली सहित आउने “भद्रगोल” मा अब भने जनताको जनजिविकासगँ सरोकार र समस्यामा केन्द्रिय हुने विषय बस्तु समेट्दै, त्यहि ठाउँको परिवेश समेत चित्रण गर्ने लक्ष्य रहेको उनले बताए । जसमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारहरुको अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस्