निजामती सेवा दिवसमा सह भोज



मोतीराम तिमल्सिना, काभ्रे ।

१६ औ निजामति सेवा दिवस मूल समारोह समिति काभ्रेले निजामति दिवसको अवसर पारी जिल्लामा सह भोज तथा कर्मचारी सम्मान, हाजिरिजवाफ प्रतियोगिता र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मुल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा कार्यरत कर्मचारीहरु, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीहरुले सेवाग्राहिहरुलाई दिनु पर्ने सेवाको गुणस्तरमा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख उद्धव केसीले सेवाग्रहिहरुको चाहना अनुसार कानुनले मिल्ने जति सेवा प्रभावमा ढिलाई नगर्न अनुरोध गर्नु भयो । मुलुकको समृद्ध विकासका लागि निजामति कर्मचारीहरुको भूमिकाका लागि धन्यवाद दिदै जनप्रतिनिधि र कर्मचारीहरु मिलेर मात्रै मुुलुक निर्माण गर्न सकिने बताउँदै प्रमुुख उद्धव केसीले सहकार्य गर्न कर्मचारीहरुलाई सुझाव दिनु भयो ।

संक्रमणकाल प्रशासनमा रहेकाले तत्काल त्यसको अन्त्य गरी मुलुकको विकासमा सक्रिय रहन पनि प्रमुख केसीले अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले सबैै कर्मचारीहरुले सेवाग्रहिहरुलाई गुनासो नरहने गरी सेवा प्रदान गर्न अनुरोध गर्नु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी हुमागाईले राणाकालदेखि शुरु भएको निजामती कर्मचारीहरुको ब्यवस्थालाई अझै फराकिलो र आर्कषक बनाउन निजामति कर्मचारीहरुको बानी ब्यहोरामा सुधार ल्याउनु पर्ने बताउनु भयो । जिल्ला समन्वय अधिकारी सच्युतराज अधिकारीले सहभागि तथा सेवाग्रहिहरुले दिएको सुझाव कार्यान्वयन गर्ने बताउनु भयो ।

कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका अध्यक्ष राजकुमार हुमागाईले कर्मचारीहरु समेत मिलेर ल्याएको गणतन्त्रको फल उपयोग गर्न अवरोध खडा भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले सेवाग्रहिहरुको चाहना अनुसार कार्य गर्न कर्मचारीहरुलाई सुझाव दिनु भयो । गैसस महासघ काभ्रे शाखाका अध्यक्ष टोमप्रसाद सापकोटाले नागरिकहरुको सेवालाई प्राथमिकता दिन आग्रह गर्नु भयो ।

धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत एवं कर्मचारी मिलन केन्द्रका अध्यक्ष तारानाथ लुईटेलले जिल्लामा सेवा पु¥याई लामो अवधीसम्म कार्य गरी अवकाश प्राप्त कर्मचारी, लामो समय कार्यरत बहालवाला कर्मचारीलाई सम्मान गरिएको बताउनु भयो ।

वहालवाला कर्मचारी नापि कार्यालय काभ्रेका प्रमुख कृष्णप्रसाद न्यौपानेले ३६ वर्ष ११ महिना ११ दिन काम गरिसकेका थिए । त्यस्तै अवकाश प्राप्त कर्मचारी शिक्षा समन्वय ईकाई काभ्रेका लेखापाल नानिबाबु केसीले ३९ वर्ष सेवा गरेका थिए ।

मुल समारोह समिति, कर्मचारी मिलन केन्द्र र आधिकारीक ट्रेड युनियनले संयोजन गरेको कार्यक्रममा कर्मचारीद्धयलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

निजामति दिवसकै अवसर पारी शुक्रबार धुलिखेलमा आयोजना गरिएको हाजिरिजवाफ प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा कर कार्यालय प्रथम, जिल्ला हुलाक कार्यालय दोश्रोे, शैक्षिक तालिम केन्द्र तेश्रो र धुलिखेल नगरपालिकाको टिमले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजयी टिमलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यस्तै शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभाष्गि ३२ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सम्मानित कर्मचारीद्धय नानिबाबु केसी, कृष्णप्रसाद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्