धादिङमा बस र ट्रक ठोक्‍किदा १८ यात्रु घाइते



धादिङ । धुनिबेशी नगरपालिका-६ धार्केमा बस र ट्रक एक आपसमा ठोक्किँदा १८ यात्रु घाइते भएका छन्।

काठमाडौबाट महादेववेशीतर्फ ग्यास बोकेर लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु बस आपसमा ठोक्‍किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस र ट्रकमा सवारमध्ये १८ जना घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको तथा सबै घाइतेको अबस्था सामान्य रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्