‘भन्सा नै औषधालय’, विषादीको विकल्प अर्गानिक उत्पादन



सुभेन्द्र दास, लहान। माटोको स्वास्थ्य सुधार भएपछि २५ प्रतिशत कृषि उत्पादनमा बृद्धि भएको भगवानपुर ४ का प्रकाश यादव बताउँछन् । उनले भने आफ्नो २ विघा खेतको माटो परीक्षण गरी रसायनिक विषादीको विकल्पमा अर्गानिक उत्पादनमा जोड दिएको छु । यसले कृषि उत्पादनसँगै विषादीको न्यूनिकरण भएको महसुस भएको छ ।

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासँघ सिरहाले प्रागिँक खेतीबाट माटो र आमाको स्वास्थ्य सुधार अभियान अन्तर्गत सखुवानन्कारकट्टी, नवराजपुर, भगवानपुर, वरियारपट्टी ,नरहा गाउँपालिका र मिर्चैया नगरपालिकामा माटो परीक्षणको कार्यक्रम गर्दै आएको छ ।

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासँघ सिरहाका रहमुल राईनले रसायनिक विषादीको विकल्पमा अर्गानिक उत्पादन हाम्रो देशमा सम्भव छ । यसैले किसानलाई संगठित गर्दै अर्गानिकमय देश बनाउँने योजना अन्तरगत निःशुल्क माटो परीक्षणका साथै जिएमटी अर्गानिक मल प्रयोगमा जोड दिएको बताउँछन् ।

‘भन्सा नै औषधालय’ जडीबुटीबाट क्यान्सर, मुटुरोगी, मधुमेह, पथ्थरी, पाइल्स जस्ता दीर्घकालिन रोगको उपचार सम्भव रहेको महासँघका राईनले अर्गानिक खेती आजको आवश्यकता हो । यसैको परिपूर्तीको लागि निःशुल्क माटो परीक्षण कार्यक्रम प्रागिँक कृषि अन्तरक्रिया तथा जनचेतना कार्यक्रम भदौ २१ गते लहानमा सँचालन गरिएको छ ।

सो कार्यक्रममा सिरहाका पाँच गाउँपालिका र एक नगरपालिकाका किसानहरु सहभागी छन् । कार्यक्रमका प्रशिक्षकमा वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासँघका संस्थापक अध्यक्ष रोमलाल गिरी र रहमुल राईन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्