हेलिकप्टरबाट सिरकको पोका खसेपछि असुरक्षित भएको स्थानीयको गुनासो



सल्लेरी ।बिहिबार फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकको पोको खसेको जनाईएको छ ।

उडिरहेको हेलिकप्टरबाट सो सामग्री सोलुदुधकुण्ड नगरपालिकाको फेरामा झरेको स्थानीयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा जानकारी गराएका छन् । यो सँगै स्थानीयले असुरक्षित भएको गुनासो गरेका छन् ।

सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले सामन ढुवानी गर्दा सानो कमजोरीले दुर्घटना हुनसक्ने हुँदा सवाधानी अपनाउनुपर्ने बताएका छन् ।

आगामी दिनमा यस्तो त्रुटी नदोर्‍याउन पनि हेलिकप्टरका कर्मचाारीहरुलाई सुझाव दिईएको छ ।सो हेलिकप्टरका कर्मचारी विलक श्रेष्ठले अन्जानमा भएको गल्तिले सामान झरेको स्वीकारेका छन् । उनले अबका दिनमा यस्तो गल्ती नदोर्‍याउने पनि प्रतिबद्धता व्यक्त गरेको बताई्रएको छ ।। ।

प्रतिक्रिया दिनुहोस्