पञ्चशील सहकारीको नाफा साढे आठ करोड



ललितपुर, (नेस)। पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा शेयर पुँजीतर्फ १२ करोड रहेको छ। संस्थाले निक्षेपतर्फ १ अर्ब ३७ करोड गरेको छ जनाएको छ। संस्थाको शनिबार सम्पन्न २०आंै साधारण सभामा सो जानकारी गराइएको हो।

साधारण सभामा संस्थाले वार्षिक कारोबार १ अर्ब ८७ करोड पुर्याउन सफल भएको जानकारी गराइयो। संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको दाबी गरेको छ। संस्थाले आव २०७५/०७६ मा ८ करोड ६९ लाख ५० हजार ४ सय ६० रुपियाँनाफा आर्जन गरेको छ।

संस्थाले विभिन्न सामाजिक क्रियाकलापअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराइयो। समय समयमा तालिका बनाई शेयर सदस्यलाई सहभागिता गराई विभिन्न सीप मुलक तालिम दिने, अन्तक्र्रिया गर्ने लगायतका कार्य गर्दै आइरहेको छ।

सदस्यलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमुलक कारोबारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आव २०७५/०७६ देखि मोबाइल एसएमएस, स्मार्ट मोबाइल बंैकिङ र एससीटी एटीएमको सुविधा दिएको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो।

राज्यको तीन खम्बे अर्थनीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकाले राज्यको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको सचिव घनश्याम धमलाले जानकारी दिनुभयो।

संस्थाले शेयर सदस्यलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यले आव २०७५/०७६ को शुरुदेखि काठमाडौंको खिचापोखरी, न्युरोडमा चौथो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। साधारण सभामा संस्थाले आव २०७५/०७६ मा शेयर सदस्यलाई १७ बोनस दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्