महानगर कर्मचारी सहकारीको साधारण सभा सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं।महानगर कर्मचारी बचत तथा सहकारी संस्थाले आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा ३ करोड ९१ लाख ९९ हजार ६९६ रुपियाँबचत परिचालन गरेको छ।

महानगरमा कार्यरत १ सय ३४ जना महिला र ३ सय ३७ जना पुरुष गरी ४ सय ७१ जना शेयर सदस्य रहेको सहकारीको ११औं बार्षिक साधारण सभामा आव २०७४/०७५ को असार मसान्तसम्ममा सहकारीले २ करोड ९७ लाख ७० हजार रुपियाँर त्यस अघिको वर्षको अन्त्यसम्ममा २ करोड रुपियाँसंकलन गरेको थियो।

साधारण सभामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरका कर्मचारीको सहकारी उदाहरणीय हुनुपर्नेमा जोड दिनुभयो। शहरका हरेकजसो घरमा सहकारी छन्। सहकारी सञ्चालन गर्नु भनेको व्यापार गर्नु हो।

उहाँले सरकारी सञ्चालन अभ्यासको चर्चा गर्दै महानगरको सहकारीले सहकारीका प्रचलित सिद्धान्त र व्यहारमा नमूना बन्नुपर्ने सुझाव दिनुभयो।

सभामा आव २०७६/०७७ का लागि ६८ लाख ५० हजार आम्दानी र ६४ लाख ८१ हजार खर्च प्रस्ताव गर्दै सञ्चालक समितिका अध्यक्ष यादव घिमिरेले यसअघि शेयर सदस्यले मासिक २ हजार रुपियाँबचत गर्दै आएकोमा अबदेखि हरेक दिन सय रुपियाँका दरले अनिवार्य बचत गर्नुपर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

सभामा सल्लाहकार समितिका तर्फबाट बलराम त्रिपाठीले महानगरभित्र सहकारी विभाग आएपछि अरूलाई नियमन गर्नुपर्ने संस्थाका कर्मचारीले चलाएको सहकारी उत्कृष्ट हुनुपर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्