टानमा नयाँ नेतृत्व



नेपाल समाचारपत्र, काठमाडौं।ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा लोकतान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी हुनुभएको छ। उहाँले वामपन्थी समूहका अन्जन (कुमार) थापालाई पराजित गर्नुभयो।

विजयी हुनुभएका सुवेदीले ५२१ मत प्राप्त गर्नुभयो भने पराजित थापाले ४३८ मत प्राप्त गर्नुभयो। टानको कार्यसमितिमा बहुमत पद सुवेदी समूहले जितेको छ। महासचिवमा भने थापा समूहकी सरिता लामा निर्वाचित हुनुभयो। सुवेदी समूहका कर्मा शेर्पालाई १३ मतले हराउँदै लामा विजयी हुनुभएको हो।

कार्यसमितिमा सुवेदी समूहका बरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभयो।

यस्तै कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। महिला सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निवार्चित हुनुभएको छ।

सदस्यमा थापा समूहको पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्