६ वर्षीया बालिका मृत अवस्थामा फेला



न्युज अफ नेपाल, चितवन । हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकीहुन् ।

घर नजिकैको नहरमा शनिबार विहान ६ वर्षीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो ।

बालिकालाई नहरमा भेटिएलगत्तै भरतपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

घरको आंगनमा रहेको बेन्चमा सुतिरहेकी स्मृति बिहीवार राति करिब ९ः३० बजेबाट हराएकी थिइन् ।

परिवारले बालिकाको हत्या भएको आंशका गर्दै प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

मृतक बालिकाका वुवा बैदेशिक रोजगारीका लागि विदेशमा छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्