७३ वर्षीय महिलाले जुम्ल्याहा शिशु जन्माइन्



भारत । प्राय महिलाहरु ५० वर्ष पुगेपछि आमा बन्न सक्दैनन्। मेनोपज रजस्वला चक्र रोकिने समयपछि आमा बन्न सम्भव हुँदैन। मेनोपजको लागि औसत उमेर भनेको ५१ वर्ष हो।

तर दक्षिण भारतकी एक महिलाले भने विज्ञानको यो तथ्यलाई चुनौति दिँदै ७३ वर्षको उमेरमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन्। बच्चा जन्मेपछि उनले उक्त समय उनको जीवनकै खुसीको समय भएको बताइन्।

ती जुम्ल्याहा शिशुको बिहीवार सर्जरीमार्फत डेलिभेरी भएको थियो। सर्जरीमा सम्लग्न डाक्टर उमा शंकरले दुबै बच्चा र आमाको स्वास्थ्य सामान्य रहेको बताएका छन्।

आन्ध्रा प्रदेशका मंगायाम्मा यरामति र उनका ८२ वर्षीय पति सिताराम राजाराओले आफूहरुले सधैँ बच्चा पाउने कोशिस गरेको भएपनि असफल भएको बताए। उनीहरुले निसन्तान भएका कारण आफूहरु समाजमा हेलनाको शिकार भएको बताए।

डा शंकरले आमा र बच्चालाई वैज्ञानिक तवरले हेरचाह गरिएको बताए।

उनको केयर गर्ने तीनजना डाक्टर थिएु डा शंकरले भने, एकजनाले उनको सामान्य स्वास्थ्य हेर्ने, एकजनाले पौष्टिक अवस्था र अर्काले उनको गर्भावस्था हरेका थिए।

ती तीन पक्षको दैनिक रुपमा निगरानी गरिएको उनले बताए। यरामतिको मेनोपज २५ वर्षअघिदेखि नै शूरु भएको हो। शंकरका अनुसार डोनरको डिम्भले आइभीएफ प्रविधिबाट उनी गर्भवति भएकी हुन्।

यरामति वृद्ध उमेरमा आमा बन्ने अहिलेसम्मै जेठी महिला भएकी छिन्। यसअघि ६६ वर्षीय मारिया डेल कारमेन बुसाडा डि लारा आमा बन्ने जेठी महिला थिइन्। उनी २००५ मा आमा बनेकी एड्रियाना इलेस्कु भन्दा १३० दिनले मात्रै जेठी थिइन्।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्