सेनाको गणनजिक महिलाको शव भेटियाे



महोत्तरी । महोत्तरीको बर्दिबासमा सेनाको गणनजिक महिलाको शव भेटिएको छ । मध्यपूर्वी पृतनाअन्तरगत कालीसिद्धी गण नजिक महिलाको शव भेटिएको हो ।

ती महिलाले बुटेदार कालो कुर्ता र कालो सुरुवाल लगाएकी इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । करिब ३५ वर्षीय उनको शव पहिचान खुल्न सकेको छैन ।

महिलाको अनुहारमा धुलो माटो लागेको, ओठ काटिएको, अनुहार सुन्निएको, बाया“ आँखाबाट रक्तश्राव भएको अवस्थामा शव फेला परेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्