सेरेना कीर्तिमान उपाधिको सोचमा



न्युज अफ नेपाल, काठमाडौं । सेरेना विलियम्सले गत वर्षको यूएस ओपन फाइनलमा नाओमी ओसाकाविरुद्धको विवादास्पद पराजयबारे नसोच्ने बताएकी छन् । ३७ वर्षीया अमेरिकी खेलाडीले कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि बराबरी गर्ने सोचबाहेक अन्य केही नभएको भनेकी छिन् । गत वर्ष न्युयोर्कस्थित आर्थर एश स्टेडियममा सेरेनाले अम्पायर कार्लोस रामोसलाई ‘चोर’ र ‘फटाहा’ भनेकी थिइन् । उनले शनिबार राति हुने फाइनलमा १९ वर्षीया युवा खेलाडी बियान्का एन्ड्रीस्कुसँग खेल्नेछिन् ।

सेरेनाको यो १०औं युएस ओपन सिंगल्स फाइनल प्रवेश हो । क्यानाडाकी एन्ड्रीस्कुको भने यो पहिलो ग्रान्डस्लाम फाइनल हो । सेरेनाले १९९९ मा पहिलो ग्रान्डस्लाम उपाधि जित्दा एन्ड्रीस्कुको जन्म नै भएको थिएन । १५ औं वरियताकी उनले भनिन् जब म १० वर्षकी हुँदा मैले उनलाई हेरिरहेकी सम्झेको छुँ । मैले उनलाई प्रायजसो ग्रान्डस्लाम उपाधि जितेकी हेरेकी थिएँ ।

पूर्व विश्व नम्बर एक महिला खेलाडी सेरेनाले मार्गारेट कोर्टले जितेकी २४ ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबरी गर्न कोसिस गरिरहेकी छिन् । गत वर्ष ओसाकासँग हारेकी सेरेना यस वर्ष अष्ट्रेलियन ओपनमा पनि ओसाकासँगै पराजित भइन् । त्यस्तै गत वर्ष विम्बल्डनमा जर्मनीकी एन्जेलिक केर्बरसँग हारेकी उनी यस वर्ष सोही घाँसे कोर्टमा सिमोना हालेपसँग पराजित भएर कीर्तिमान बनाउनबाट चुकिन् ।

प्रतिक्रिया दिनुहोस्