नेकपाले नेतृत्व छान्योे



न्युज अफ नेपाल, धादिङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले धादिङको २ नगरपालिका र ११ गाउँपालिकाको अध्इक्ष र सचिवको जिम्मेवारी दिएको छ ।

एकिकरणको १८ महिना पछि स्थानीय तहको एकिकरणको काम तल्लो तहसम्म लगेको नेकपाले पूर्वएमालेलाई ८ पालिकाको अध्यक्ष, ५ पालिकाको सचिव र पूर्व माओवादीलाई ५ पालिकाको अध्यक्ष र ८ पालिकाको सचिव भागवञ्डा गरेर एकिकरणको टुङ्गो लगाएको छ ।

नीलकण्ठ नगरपालिकाको अध्यक्षमा दिपक वि.क. र सचिवमा हरि श्रेष्ठलाई र धुनिबेसी नगरपालिकाको अध्यक्षमा रामराजा पाण्डे र सचिवमा राजकुमार पाठकले जिम्मेवारी पाउनुभएको छ ।

यसैगरि नेकपाको गल्छी गाउँपालिका अध्यक्षमा केदारनाथ खतिवडा, सचिवमा रामशरण सेन्चुरी, थाक्रे गाउँपलिका अध्यक्षमा कृष्ण पन्थ, सचिवमा यन्त्रबहादुर थापा, गजुरी गाउँपालिका अध्यक्षमा सूर्यमान तामाङ, सचिवमा माधव भण्डारी, बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा कृष्ण थपलिया (विवेक), सचिवमा रमेश भट्टराई, सिद्धलेक गाउँपालिका अध्यक्षमा खुनराज थापा, सचिवमा पुक्ष्प थपलिया ज्वालामूखी गाउँपालिका अध्यक्षमा धर्म अर्याल, सचिवमा कृष्णमान श्रेष्ठ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा रामहरी अधिकारी, सचिवमा सुवास अधिकारी, गंगाजमुना गाउँपालिका अध्यक्षमा विष्णु सिंखडा, सचिवमा रामेश्वर सिंखडा, नेत्रावतीडबजोङ गाउँपालिका अध्यक्षमा प्रेम तामाङ, सचिवमा सुवर्ण रिमाल, खनियाबास गाउँपालिका अध्यक्षमा फूलबहादुर तामाङ, सचिवमा लालबहादुर तामाङ र रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, सचिवमा पूरण तामाङले जिम्मेवारी पाउनुभएको जिल्ला कमिटि सदस्य नरेश खतिवडाले जानाकारी दिनुभयो ।

गाउँपालिकाको अध्यक्ष र सचिवको नियुक्ति पछि गाउँ तहसम्म नेकपाले एकिकरणको काम भएकोले अब सबै पार्टी निर्णय र स्थानीय तहको सरकारलाई निर्देशन गर्ने काम पार्टीले गर्ने जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।

नेकपा एमाले र एनेकपा माओवादी एकिकरण पछि दोश्रो जिल्ला कमिटिको बैठकले यसरी गाउँतहसम्म एकिकरणको काम गर्न सकेको हो ।

प्रतिक्रिया दिनुहोस्