निजि विद्यालयको भुमिका बिर्सन मिल्दैनः सांसद



न्युज अफ नेपाल, काठमाडौँ, । सांसदहरूले गुणस्तरीय शिक्षा सुधार गर्न निजी विद्यालयको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) प्रदेश ३ ले आयोजना गरेको कार्यक्रममा उनीहरुले सामुदायिक विद्यालयले मात्र नेपालको विद्यालय शिक्षामा गुणस्तरीयता आउन नसक्ने दाबी गरेका छन् । उनीहरुले सरकारले निजी विद्यालयले गरेको योगदानलार्य सरकारले बिर्सदै गएको आरोप लगाएका छन् ।

नेपाली काग्रेसका सचेतक सांसद बालकृष्ण खाणले निजी विद्यालय नभएको भए सामुदायिक विद्यालयसँग प्रतिस्पर्धा हुन्थेन भन्दै प्रतिस्पर्धाले गुणस्तर बढाएको बताउनुभयो । “उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आगामी १० वर्षमा निजी शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने सुझाव दिएको छ, तर त्यस्तो अवस्था भएमा कसैले पनि निजी विद्यालय सञ्चालन गर्न चाहँदैनन् उहाँले भन्नुभयो, “बन्द गरिएका निजी विद्यालयको सम्पत्ति सरकारले लिनुपर्दछ र उचित मुआब्जा दिनुपर्दछ, तर प्रतिस्पर्धाका लागि निजी विद्यालयलाई बन्द गर्ने कुरा सोच्न मिल्दैन ।”उहाले सरकारले ल्याउन लागेको शिक्षा नीति र ऐनको विषयमा सरोकारवाला र विभिन्न दलका सांसदसंग छलफल गर्नुपर्ने बताउनुभयो ।


शिक्षा दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेकपाका सांसद डा. विमला राई पौडेलले निजीमा अभिभावकले गरेको भन्दा सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी बढी रहेको चर्चा गर्दै लगानी बढी भए पनि सामुदायिक विद्यालयको शिक्षामा सुधार हुन नसकेको गुनासो गर्नुभयो । उहाले सरकारी विद्यालयको तुलनामा निजी विद्यालयल विश्वस्तरीय शिक्षा दिइरहेको दाबी गर्दै “अहिले निजी लगानीलाई नसकिने तर्क राख्नुभयो । उहाले सरकारले ल्याउन लागेको शिक्षा नितिको विषयमा सबै सरोकारवालसंग छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रे सांसद राधेश्याम अधिकारीले नेपालको संविधानले निजी क्षेत्रको सहभागितालाई स्वीकार गरेको सन्दर्भमा निजी विद्यालय बन्द गर्ने कुरा सम्भव नभएको बताउनुभयो । उहाँले निजी विद्यालय, अभिभावक र सरकारबीच हातेमालो गर्न सकिएमा मात्र गुणस्तरीय शिक्षा अभिबृद्धि हुने उल्लेख गर्दै निजी विद्यालय बन्द भएपछि शिक्षामा राज्यले निकै ठूलो लगानी गर्नुपर्ने हुन्छ र सो सरकारले वर्तमान अवस्थामा सम्भव नहुने तर्क गर्नुभयो ।

उहाले भन्नुभयो–यो सरकारले निजी विद्यालयको योगदान बुझेकै छैन, निजीको योगदान विना गुणस्तरीय शिक्षा असम्भव रहेको उहाको तर्क थियो । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै उहाले लुकाइएको प्रतिवेदनलाई आदार मानेर निती बनाउनु गलत भएको तर्क गर्नुभयो । उहाले भन्नुभयो–आयोगकै प्रतिवेदनको आधारमा निती बनाएको सुनेका छौ,सबै सरोकारवालसंग सल्लाह नगरी निती ल्याए कसैलाई मान्य हुदैन ।

उहाले निजी विद्यालयले भुमिका खेलेकै कारण मुलुकमा गुणस्तरीय शिक्षा सम्भव भएको उहाको भनाई थियो । कार्यक्रममा एन प्याब्सन प्रदेश ३का संयोजक प्रवोध प्रभाकर रिजाल, सचिव भुपेन्द्र खत्री लगायतले निजी शिक्षा क्षेत्रमा एन प्याब्सनले गरेको योगदानको बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्