जयवागेश्वरी मन्दिरमा तीन वटा गजुर भेटिए, पुनः निर्माण रोकियो



न्युज अफ नेपाल काठमाडौं । पशुपतिस्थित जयबागेश्वरी मन्दिर जिर्णोद्धार क्रममा गजुर भेटिएपछि काम रोकिएको छ। मन्दिरको भित्री भागमा इँट्टा र माटोबाट बनेका तीन वटा गजुर भेटिएपछि अनुसन्धानका लागि केही समय काम रोकिएको छ ।

लिच्छविकालीन मानिने यो मन्दिर २०७२ सालको भुइँचालोमा जिर्ण भएको थियो। मुनिकारका अनुसार जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रुपमा मानिन्छ।

मन्दिरभित्र जयवागेश्वरीको मूर्तिसहित दाँया भैरव र बाँया हात्तीको टाउको नभएको भैरवकोजस्तो रातो गणेशको मूर्ति छ। आठ कुने यो मन्दिरबीच तीन वटा गजुर भेटिँदा यहाँभित्र अर्को मन्दिर पनि रहेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।

मुनिकारका अनुसार प्राप्त तीन गजुर रहेको गर्भगृहमा बिहीबार पुजारी र स्थानीयहरूले क्षमा पूजासमेत गरिएको थियो। यसअघि मन्दिर दुई पटक क्षमा पूजा गरेर मन्दिरको पुनस्निर्माण सुरु गरिएको हो।

अब यी नयाँ गजुरबारे थप अध्ययन गरी मात्र काम थालिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्